सिन्धुली । सिन्धुलीको तिनपाटनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट तिनपाटनतर्फ आउँदै गरेको बस र विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल सिन्धुलीको तिनपाटन ३ स्थित जोगेमा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहट घर भएका दिपेन्द्र पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको बस दुर्घटनापछि नालामा खसेको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरू गरिसकेको जनाएको छ ।




