काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिपका १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ तौथलीको धारावतीमा शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दोलखाबाट पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो । हालसम्म मृतकको पहिचान हुन सकेको छैन । घाइतेलाई खाडीचौर बजारमा रहेको सिन्धु सदाबहार अस्पतालमा उपचार्थ लगिएको छ ।
दोलखाबाट तौथली हुँदै त्रिपुरासुन्दरी गापा ४ पिस्करमा बेहुली लिन हिँडेको जन्ती बसमा ५५ जना सवार थिए । आहिले स्थानीय र सुरक्षाकर्मी मिलेर उद्धार कार्य भइरहेको छ । यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।




