काठमाडौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा आएको छ । ‘यो जिन्दगीको’ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छन् । सरोज प्याकुरेलको संगीत, फडिन्द्र राईको एरेन्जमा गीतमा निर्माण गरिएको छ ।
प्रेमील जोडी बीचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफ्नो मनको कुरा बुझ्ने मायालाई आफूले पाएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निर्माण गरिएको छ ।




