झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीन जना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका विशाल बेस्रा र ३ महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।
अन्जली झुन्डिएको अवस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।




