काठमाडौं । गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेकी छन् । उनले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी हुन् । उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।
इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरू पछिल्लो केहि वर्षयता प्रेममा थिए ।




