एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशको हाथरसमा आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार भएको बस र पिकअप भ्यानको दुर्घटनामा १७ जनाको ज्यान गएको छ ।
हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालका अनुसार शुक्रबार साँझ करिब ६:१५ बजे रोडवेज बस र पिकअप भ्यान आपसमा ठोकिँदा यो दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने १६ जना यात्रु घाइते भएका छन् ।
मृतकहरूमा ७ पुरुष, ४ महिला र ६ बालबालिका रहेका छन् । प्रहरी उपरीक्षक अग्रवालले सबै मृतकहरूको पोस्टमार्टमपछि शवहरू गाउँमा दाहसंस्कारका लागि पठाइएको जानकारी दिए ।






