एजेन्सी । भारतको गुजरात राज्यको नवसारी जिल्लामा यौन सम्पर्ककै क्रममा एक युवतीको मृत्यु भएपछि २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । ती युवकलाई ‘मनसायरहित’ हत्याको आरोप लगाइएको हो, किनकि उनले युवतीको स्वास्थ्य अवस्था गम्भीर भएपनि समयमै अस्पताल पुर्याएनन् ।
प्रहरीका अनुसार, यौन सम्पर्कपछि युवतीलाई अत्यधिक रक्तस्राव भयो, तर युवकले उनलाई अस्पताल लैजाने सट्टा अनलाइनबाट औषधि मगाउन खोजे । यही कारणले युवतीको ज्यान गएको बताइएको छ । फरेन्सिक रिपोर्टले अत्यधिक रक्तस्रावकै कारण मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीको भनाइमा, समयमै उपचार गरिएको भए युवतीलाई बचाउन सकिन्थ्यो । प्रमाण नष्ट गर्न खोजेको आरोपमा पनि युवकमाथि अनुसन्धान भइरहेको छ । ती युवती नर्सिङकी छात्रा थिइन् र युवकसँग तीन वर्षअघि नै परिचित थिइन् । उनीहरूबीच केही समयदेखि सम्पर्क टुटेको थियो तर हालै पुन: सम्पर्कमा आएर सेप्टेम्बर २३ मा निजी पल बिताउन होटल पुगेका थिए ।
युवतीको रक्तस्राव हुँदा युवकले साथीहरूसँग परामर्श गर्दै अस्पताल लैजान ढिला गरेको र होटलबाट निस्किनुअघि प्रमाण मेट्न रगतका दाग सफा गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।






