काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनसरी घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय बालेश्वर महतोलाई पक्राउ गरेको हो ।
महतोले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर दुई लाख बढी ठगी गरेको प्रहरीको भनाइ छ । पीडितको जाहेरीपछि प्रहरीले महतोलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।




