काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।
अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।




