काठमाडौं । भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा पाँचथर साविक मौवा गाविस ६ घर भई झापा मेचीनगर नगरपालिका १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयललाई बिहिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा व्यवसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई भारतीय नम्बरबाट फोन तथा मेसेज मार्फत आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी धम्की दिई व्यवसायीहरूलाई आतंकित पारी आपराधिक लाभ लिन खोज्ने कार्यमा संलग्न उनलाई प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले झापा मेचीनगर नगरपालिका १३ चारआलीबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




