काठमाडौं । जापान पठाउने प्रलोभन देखाई ठगी गरेको आरोपमा पर्सा ठोरी गाउँपालिका ४ का ४५ वर्षीय विष्णु लोप्चनलाई प्रहरीले पक्राउ गरेको छ ।
लोप्चनले जापान पठाइदिने बहानामा १० लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका लोप्चनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।




