तनहुँ । आँबुखैरेनी गाउँपालिका १ आँधीखोलास्थित सडकमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।
पि २-०३००-१ केएच २४४८ नम्बरको ट्रकले बा प्र ०१-००१ य १६५९ नम्बरको स्कार्पियोसँग ठक्कर खाई आँधीखोलामा खस्दा ट्रक चालक उदयपुर चौदण्डी नगरपालिका १ निवासी ३२ वर्षीय भेषराज पराजुलीको मृत्यु भएको हो ।
यस्तै सहचालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका ४ निवासी २९ वर्षीय विजय विश्वकर्माको पनि घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




