हेटौँडा । मकवानपुर र काठमाडौंलाई जोड्ने महालक्ष्मी खोला–चखेल–माता तीर्थसडक आज सोमबारदेखि १५ दिनका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानको कार्य भइरहेको कारण उक्त सडक खण्ड बन्द गरिएको वडाध्यक्ष दूतराज तितुङले जानकारी दिए ।
सडकको महालक्ष्मी खोलादेखि चखेल देउराली हुँदै जाने खण्ड १५ दिनका लागि बन्द हुनेछ, र यो अवधि माघ ७ गतेसम्म जारी रहने छ । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट सडकको स्तरोन्नतिको काम भइरहेको छ ।
वडाध्यक्ष तितुङले यस सडक खण्डमा सुधार कार्यको लागि अवश्यकता अनुसार यातायात सेवा अस्थायी रूपमा रोकिएको जानकारी दिए । सडक बन्द भएको अवधिमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।




