सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थित कानढुंग्रीमा जनकपुर जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ । बा ३ ख ८४४५ नम्बरको माइक्रोबस बीपी राजमार्गमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार, माइक्रोबसको टायर पञ्चर भएर डिभाइडरमा ठोक्किएको थियो । यस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ, भने अन्य ६ जनाको सुनकोशी सामुदायिक अस्पताल, खुर्कोटमा उपचार भइरहेको छ ।
माइक्रोबस चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिइएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल खड्काले जानकारी दिए ।




