रूपन्देही । सियारी गाउँपालिका ७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गर्दै आएका भारत गोरखपुर जगल ६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा २४ वर्षीय कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
निष्ठुरी र कृष्ण केवट बीच झै-झगडा भएपछि कुटपिट हुँदा निष्ठुरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
घटना बारे खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले कृष्ण केवटलाई पक्राउ गरेको हो । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




