लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ताजेगाउँस्थित सडकमा बिहीबार बेलुकी जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २ क ३२६७ नम्बरको जेसीबी पल्टिँदा सोही ठाउँका ३९ वर्षीय उमर जंग घले गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि भरतपुर, चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।




