काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । परीक्षा बिहान ८ बजेबाट सुरु भई ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
सार्वजनिक तालिका अनुसार, कक्षा १२ को साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षा आगामी २०८२ वैशाख ११ गतेबाट सुरु भएर वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।




