काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठ रहेका छन् ।
उनले युएई पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका ९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




