काठमाडौं । सरकारले आगामी वर्ष २०८२ सालका लागि सार्वजनिक तथा पर्व विदाको सूची राजपत्रमा प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार, वर्षमा ५२ दिन शनिबारको सार्वजनिक बिदा परेको छ ।
पर्व तथा चाडपर्वको विदा
२०८२ सालमा विभिन्न चाडपर्वका अवसरमा २६ दिन सार्वजनिक बिदा दिइनेछ । प्रमुख पर्व विदाहरू निम्नानुसार छन्:
– वैशाख १ – नयाँ वर्ष
– वैशाख २९ – चण्डी पूर्णिमा
– साउन २४ – रक्षाबन्धन
– साउन ३१ – श्रीकृष्ण जन्माष्टमी
– असोज ६ – घटस्थापना
– असोज १३/१८ – दशैं विदा
– कार्तिक ३/७ – तिहार विदा
– कार्तिक १० – छठ पर्व
– मंसिर १८ – धान्य पूर्णिमा
– पुस १० – क्रिसमस (इसाई धर्मावलम्बीका लागि मात्र)
– पुस १५ – तमु ल्होसार
– माघ १ – माघी पर्व
– माघ ५ – सोनाम ल्होसार
– फागुन ३ – महाशिवरात्रि
– फागुन ६ – घ्याल्पो ल्होसार
– फागुन १८ – फागु पूर्णिमा (होली)
विभिन्न दिवसको सार्वजनिक विदा
वर्षभर ६ वटा दिवसहरूमा सार्वजनिक विदा दिइएको छ:
– वैशाख १८ – अन्तर्राष्ट्रिय मजदुर दिवस
– जेठ १५ – गणतन्त्र दिवस
– असोज ३ – संविधान दिवस
– माघ १६ – शहीद दिवस
– फागुन ७ – प्रजातन्त्र दिवस
– फागुन २४ – अन्तर्राष्ट्रिय महिला दिवस
यस्तै, वैशाख २९ (बुद्ध जयन्ती) र पुष २७ (पृथ्वी जयन्ती) मा पनि सार्वजनिक विदा दिइनेछ ।
विशेष क्षेत्रीय तथा सांस्कृतिक विदाहरू
केही जात्रा तथा सांस्कृतिक पर्वहरूमा विशेष क्षेत्रीय विदा दिइनेछ:
– साउन २५ – गाईजात्रा (काठमाडौं उपत्यका)
– भदौ १ – इन्द्रजात्रा (काठमाडौं उपत्यका)
– चैत्र ४ – मत्येन्द्रनाथको भोटो देखाउने जात्रा
– भदौ १५ – गौरा पर्व
– माघ ९ – बसन्त पञ्चमी (शिक्षण संस्थाहरू बन्द)
काठमाडौं उपत्यकामा गाईजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्राका अवसरमा सार्वजनिक विदा हुनेछ । त्यस्तै, महिलाहरूका लागि तीज र जितिया पर्वमा विदा दिइनेछ । साथै, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्ती सम्बन्धित समुदायका लागि मात्र बिदा दिइनेछ ।
कुल सार्वजनिक विदा
यो तालिका अनुसार, देशभर लागू हुने ३४ दिन सार्वजनिक विदा पर्नेछ । साथै, जात्रा तथा विशेष समुदायका लागि प्रदान गरिएका विदाहरू गरी समग्रमा ६० भन्दा बढी दिन विदा रहनेछ ।




