काठमाडौं । क्यानडाको डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाएर २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने व्यक्ति २७ वर्षीया सुजिता अधिकारी हुन् ।
भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघर बस्ने तथा दोलखा वैतेश्वर गाउँपालिका ८ स्थायी ठेगाना भएकी २७ वर्षीया सुजिता अधिकारीको मृत्यु भएको हो ।
उनले आफू क्यानडाको विद्यार्थी भिसामा जाने तयारीमा रहेको र डिपेन्डेन्ट भिसामा साथ लैजाने प्रलोभन देखाई पीडितबाट २० लाख रुपैयाँ लिएको आरोप लागेको छ । रकम लिएको केही समयपछि उनले सम्पर्क विच्छेद गरेपछि पीडितले उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका १२ टेकुबाट बुधबार पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।




