काठमाडौं । ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १५ बस्ने मकवानपुर थाहा नगरपालिका ७ घर भएका ३४ वर्षीय राम कुमार सापकोटा र काठमाडौं महानगरपालिका ३ बस्ने बाजुरा बुढीनन्दा नगरपालिका ३ घर भएका २८ वर्षीय ओव्जन चदारा रहेका छन् ।
राम कुमार र ओव्जनले आफूलाई सिआईडिमा कार्यरत प्रहरी निरीक्षक र सहायक निरीक्षक भन्दै, वैदेशिक रोजगारीका लागि दुबई जान सहयोग गर्ने भन्दै ठगी गरेको उजुरीपछि पक्राउ परेका हुन् । पीडितसँगबाट पटक पटक गरी जम्मा ४ लाख ५० हजार रुपैयाँ नगद र ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक लिएको आरोप छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कीर्तिपुर नगरपालिका १० ट्याङ्लाफाँटबाट उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।




