काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाई कुवेत पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३२ बस्ने तथा सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ घर भएका २७ वर्षीय अशोक कुमार साहु रहेका छन् ।
अशोकले कुवेतमा रोजगारीका लागि पठाइदिने भन्दै एक व्यक्तिबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काठमाडौंमै पक्राउ गरेको हो ।
पक्राउ परेका साहुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




