काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा एक महिला काठमाडौं उपत्यकाबाट पक्राउ परेकी छन् । भक्तपुर सूर्यविनायक नगरपालिका ३ बस्ने तथा स्याङ्जा, विरुवा गाउँपालिका १ स्थायी ठेगाना भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ७५ हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन् । पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको बालकोटबाट पक्राउ गरेको हो ।
पक्राउ परेपछि उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




