पश्चिम नवलपरासी । निर्वाचन क्षेत्र नम्बर १ पश्चिम नवलपरासीबाट उम्मेदवारी दिएका हृदयेश त्रिपाठीले सामाजिक सन्जाल मार्फत सहयोगको अपिल गरेका छन् । आफ्नो फेसबुकमार्फत त्रिपाठीले सहयोगका लागि अपिल गरेका हुन् ।
त्रिपाठीले भाद्र २३ गते युवा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमन तथा भाद्र २४ गते विभिन्न आपराधिक समूहहरूले गरेको आगजनी र लुटपाटका कारण देशभर अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।
उक्त घटना क्रममा आफ्नो घर तथा जेन्जी उमेरमा रहेको छोरा संलग्न सख्खर उद्योगमा आगलागी र लुटपाट भई ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले यस कठिन अवस्थामा इष्टमित्र, शुभेच्छुक तथा आम नागरिकसँग सहयोगका लागि अनुरोध गरेका छन् ।
त्रिपाठीका अनुसार सहयोग गर्न इच्छुकहरूले ग्लोबल आइएमई बैंक, बेलाटारी शाखाको खाता नम्बर 07502010000710 मा रकम जम्मा गरि सहयोग गर्न सकिनेछ । खातावालाको नाम Hridayesh Tripathi (हृदयेश त्रिपाठी) रहेको छ ।




