काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै ८५ जनाका लागि बरखास्त माग गरेको हो ।
बैंकले वरिष्ठ सहायकदेखि सहायक प्रबन्धकसम्मका लागि जागिर खुलाएको हो । जसका लागि अनलाइनबाट नै आवेदन दिन सकिने छ । साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।






