रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ । फतुवा विजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
परिवारका अनुसार बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए । खातुन मधेश प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन् ।
उनको निधनको खबरपछि परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन् । स्थानीयवासीले उनको निधनलाई जिल्लाका लागि अपूरणीय क्षतिका रूपमा लिएका छन् ।




