एजेन्सी । मुम्बईबाट गोवा गइरहेको जहाजमा चलेको रेव पार्टीमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पनि सहभागी थिए । त्यही क्रममा नारोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले छापा मार्दा आर्यन पनि पक्राउ परे, उनलाई हिरासतमा राखिएको छ ।
अहिले सोधपुछ चलिरहेको छ । साेधपुछका क्रममा आर्यन निरन्तर राेइरहेकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । एनसीबी सुत्र अनुसार शाहरुख खानले आफ्नो छोरासँग फोनमा कुराकानी गरेका छन् । आर्यान पक्राउ परेपछि कानुनी प्रक्रियाका क्रममा शाहरुखसँग २ मिनेट कुराकानी भएको हो ।
सोधपुछका क्रममा आर्यान निरन्तर रोइरहेका थिए । अनुसन्धानका क्रममा आर्यानले गएको ४ वर्षदेखि ड्रग्स लिएको खुलेको छ । उनले देश बाहिर यूके-दुबई लगायत अन्य देशमा पनि ड्रग्स सेवन गरेकाे प्रहरीले जनाएकाे छ । आर्यान भर्खर १५ वर्षका भए ।
उक्त पार्टीमा सहभागी हुनेहरुले न्युनतम ८० हजारदेखि २ लाख भारुसम्म शुल्क तिरेका थिए । तर, आफुले कुनै शुल्क नतिरेको र अतिथिका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले प्रहरीसँग दिएका छन् ।
आर्यनका अनुसार उनको आउँदैछन् भन्ने प्रचार गरेर यस पार्टीमा धेरै मानिसहरुलाई बोलाइएको थियो । तर, पार्टीमा के हुँदैछ भन्ने जानकारी पनि आर्यनलाई थिएन । सोधपुछका क्रममा प्रहरीले आर्यनको मोबाइल फोन बरामद गरेर उनले गरेका कुराकानीहरू हेरेको छ ।
पार्टीमा आर्यनको भूमिका स्पष्ट गर्नका लागि मोबाइल बरामद भएको हो । एनसिबीले छापा मार्दा जहाजमा ६ सय जना हाई प्रोफाइल व्यक्तिहरु सवार रहेको पनि बताइएको छ ।




