काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय म्युजिक भिडियोमा देखा पर्न थालेकी छिन् । लकडाउनको समय धेरै चर्चित कलाकारहरु म्युजिक भिडियोमा जमे पनि साम्राज्ञी भने देखिएकी थिइनन् । तर लामो समयसम्म चलचित्र उद्योग चलायमान नहुँदा उनी पनि म्युजिक भिडियोमा देखिन थालेकी हुन् ।
उनले पछिल्लाे समय ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरेकि छिन् । उनले यसमा काम गरेबापत निकै महंगाे पारिश्रमिक बुझेकाे पाइएकाे छ । प्राप्त जानकारी अनुसार साम्राज्ञीले ४ लाख हारहारीको पारिश्रमिक बुझेकी छिन् ।
उक्त भिडियाे असोज २० गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने निर्माण टीमकाे तयारी छ । साे भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।




