एजेन्सी । लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यन खान अझै तीन दिन हिरासतमै रहने भएका छन् । क्रुज सिपमा लागुऔषधसँग भेटिएपछि पक्राउ परेका आर्यनलाई एनसीबीले ७ अक्टोबरसम्म हिरासतमा राख्ने भएको भारतिय मिडियामा जनाइएको छ ।
शनिबार मुम्बईस्थित एक क्रुजमा एनसीबीले आर्यनसहित १३ जनालाई पक्राउ गरेको थियो । क्रुजमा ड्रग्स पार्टी चलिरहेको थियो । त्यसै समय एनसीबीले छापा मारेको थियो । मुम्बईबाट गोवातर्फ जाँदै गरेको उक्त क्रुज पार्टीमा सहभागी हुनेहरूले टिकटबापत ८० हजारदेखि दुई लाख भारुसम्म तिरेका थिए ।
बयानमा भने आर्यनले ड्रग्स नलिएको र कुनै पैसा पनि नतिरेहको बताएका छन् । उनले आफु त्यहाँ पाहुनाका रुपमा मात्र सहभागी भएको बताएका छन् ।




