एजेन्सी । सोनम कपूर बलिउड फेसन क्वीन हुन् । सोनम सधैँ फरक पहिरनमा देखिन्छिन् । साथै आफ्नो लुक्स पनि उनी सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन्, जसले उनलाई चर्चा पनि दिलाइरहन्छ । पछिल्लो समय पनि सोनम आफ्नो पहिरनै कारण चर्चामा छिन् ।
सोनम लण्डनमा एक डिनर पार्टीमा सहभागी भइन् । उक्त डिनर पार्टी उनका साथीहरुले आयोजना गरेका थिए । पार्टीमा सोनम कपूर एक फरक किसिमको पहिरनमा थिइन् । उनको ड्रेसमा महिलाको फिगर बनाइएको थियो । उनलाई यो पहिरन निकै सुहाएको छ । तर केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नकारात्मक टिप्पणी गरेका छन् ।
सोनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त लेटेस्ट फोटोसुटको तस्वीर सेयर गरेकी हुन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘रणवीर सिंहले थाहा पाए भने लिन आउनेछन् !’ यस्तै एक अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो कस्तो कपडा लगाएको ? पैसा सकियो कि के हो ?’
सोनम कपूर चलचित्र ‘ब्लाइन्ड’ मा काम गर्दै छिन् । उनी अहिले लण्डनमा छिन् । केही समय पहिले उनले लण्डनस्थित आफ्नो घर तथा घरको सजावट पनि देखाएकी थिइन् ।




