काठमाडाैं । भारतीय कलाकार अरविन्द त्रिवेदीकाे निधन भएकाे छ । टेलिभिजनको लोकप्रिय धारवाहिक श्रृङ्खला ‘रामायण’ मा ‘रावण’ को भूमिका निर्वाह गरेर चर्चामा आएका अरविन्दको ८३ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
मध्यप्रदेशको उज्जैन शहरमा जन्मिएका अरविन्दमा त्यति ठुलाे स्वास्थ्य समस्या त थिएन तर उनी पछिल्लो केही बर्षदेखि कमजाेर बन्दै गइरहेका थिए । उनले करिअरको सुरुवात भने गुजरातको रंगमञ्चबाट गरेका हुन् ।
हिन्दी भाषाको पपुलर धार्मिक सिरियल ‘रामायण’बाट घर घरमा परिचय बनाएका अरविन्देले ३०० भन्दा धेरै हिन्दी र गुजराती चलचित्रमा अभिनय गरेका छ । अरविन्दको निधनमा बलिउडका कलाकार, टेलिभिजनका कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।




