एजेन्सी । अभिनेत्री तथा डान्सर नोरा फतेही पपुलर कुकिङ रियालिटी शो स्टार भर्सेज फुडमा देखा परेकी छिन् । उक्त शो मा नोराले आफ्नो करियरसँग जोडिएको एक नयाँ कुराको खुलासा गरेकी छिन् । नोराका अनुसार उनी एक समय वेट्रेसको काम गर्थिन् ।
उनले १६ वर्षदेखि १८ वर्षसम्म वेट्रेसका रुपमा क्यानडामा काम गरेकी थिइन् । नोराका अनुसार यो काम च्यालेन्जिङ छ । उनले भनिन्, ‘वेट्रेस हुन निकै मुश्किल छ । यसको लागि तपाईँ छिटो छरितो हुन आवश्यक छ । पास कम्युनिकेशन स्किल, पर्सनालिटी, राम्रो स्मरणशक्ति पनि हुन आवश्यक छ । कहिलेकाहीँ ग्राहक मतलबी हुन सक्छ, यस्तो अवस्थामा त्यो अवस्थालाई सम्हाल्न जान्नुपर्छ ।’
उनको काम पार्ट टाइम थियो, जसमा आम्दानी कम थियो । नोराका अनुसार क्यानडामा हरकोही जागिरे छन् । स्कुल जाने समयमा पनि काम गर्न सकिन्छ । नोरा आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् । उनी तौल बढाउन चाहन्छिन् ।
नोरा पछिल्लो दिन अजय देवगणको चलचित्र भुज–द प्राइड अफ इण्डियामा देखिएकी थिइन् । नोराको डान्स भिडियो निकै रुचाइन्छ । उनले बीग बोसमा पनि भाग लिएकी थिइन् ।




