एजेन्सी । कमेडियन भारती सिंहको श्रीमान् हर्ष लिम्बाचियामाथि श्रीमतीको लोकप्रियताको दुरुपयोग गरी आफ्नो स्वार्थ पुरा गरेको आरोप लागेको छ । अहिले दुवैले ट्रोल्सका टिप्पणीमाथि आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।
आफूहरु यस्तो कुराबाट प्रभावित नहुने उनीहरुले बताए । भारतीले आफूहरु एकले अर्कालाई पुरा गर्ने बताइन् । भारती र हर्षले ३ डिसेम्बर २०१७ मा गोवामा बिवाह गरेका थिए । त्यसपछि दुवै खतरोके खिलाडीमा एकसाथ देखिएका थिए ।
एक अन्तर्वार्तामा भारती र हर्षले आलोचनाबारे कुरा राखेका छन् । हर्ष भन्छन्, ‘इमान्दारीताका साथ भन्नुपर्दा यो ठुलो कुरा होइन । एक जोडीका रुपमा हामी निकै खुशी छौँ । मलाई यो पनि लाग्छ कि, जब म सही छु भने दुनियाँले जे भने पनि यसले मलाई फरक पार्दैन ।’
यस्तै भारतीले आफ्नो लोकप्रियतामा हर्षको योगदान रहेको कुरा गरेकी छिन् । उनले भनिन्, ‘ट्रोलर्सले हाम्रो प्रेमलाई बुझ्न सक्दैनन् । जोसँग हामी काम गर्छौँ, उनीहरु राम्रोसँग जान्दछन् – भारती तब मात्रै बोल्छिन्, जब हर्ष उनलाई लेख्छन् । हामी एकअर्का विना अुधरो छौँ । जब हामी सँगै काम गर्छौँ, तब धमाका हुन्छ । म हर्षको स्क्रिप्टबाट आनन्द लिन्छु । उनी मलाई राम्रोसँग बुझ्छन् । हामी अरुले के भन्छन् भन्ने कुरालाई वास्ता गर्दैनौँ । किनकी हामी साथमा खुशी छौँ ।’
भारती र हर्ष फ्यामिली प्लानिङ गरिरहेका छन् । उनीहरु गएको वर्ष नै अभिभावक बन्न चाहन्थे, तर कोभिड १९ का कारण उनीहरु यसबाट पछि हटे । भारती सिंह र हर्ष लिम्बचियाको जोडी निकै रुचाइएको छ । दुवै सामाजिक सञ्जालमा पनि सक्रिय छन् ।




