एजेन्सी । अभिनेता शाहरुख खानका छोरा आर्यान खान ड्रग्स केसमा पक्राउ परेसँगै बलिउडका दिग्गज कलाकारहरु समेत आर्यानको समर्थनमा उत्रिएका छ् । यसैबीच ऋतिक रोशनले पनि आर्यानको समर्थन गर्दै इन्स्टाग्राममा उनको समर्थनमा पोस्ट गरे ।
धेरैले ऋतिकको पोस्टमा सकारात्मक प्रतिक्रिया राखिरहेका छन् । तर कंगनाले भने ऋतिकको पोस्टको मजाक उडाएकी छिन् ।
कंगनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अब सबै माफिया पप्पु आर्यानको समर्थनमा उत्रिएका छन् । हामी गल्ती गर्छौँ, यसको मतलब यो होइन कि हामी त्यसलाई गर्वका साथ भन्नुपर्छ । मलाई आशा छ कि यो वाक्यले आर्यानलाई एक दिशा मिल्नेछ । साथै उनलाई आफ्नो गल्ती महसुस पनि हुनेछ । जुन एक्सन उनीविरुद्ध लिइएको छ, त्यसबाट उनले केही सिक्नेछन् ।’
‘आशा गर्छु कि त्यहाँबाट निस्कदा उनी एक राम्रो व्यक्ति भएर निस्किउन् । सबैभन्दा राम्रो तब हुन्छ, जब तपाईँ त्यो व्यक्तिको बारेमा कुरा काट्नु हुन्न, किनकी उनीहरु पहिले नै खराब महसुस गरिरहेका हुन्छन् । योभन्दा खराब स्थिति तब पैदा हुन्छ जब कसैको अपराध पुष्टि नै नभइ तपाईँ कसैलाई दोष दिनुहुन्छ’, कंगनाले भनेकि छिन् ।




