एजेन्सी । ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यान खानलाई आज फेरि अदालतमा उपस्थित गराइँदै छ । ड्रग्स केसमा आज पनि सुनुवाई हुँदैछ । ४ अक्टोबरमा भएको सुनुवाईमा आर्यानले जमानत पाएका थिएनन् । उनलाई एनसीबीले ७ अक्टोबरसम्म हिरासतमा राख्ने निर्णय गरेको थियो ।
आर्यानका वकिल सतीश मानशिन्देले आज पनि उनलाई जमानत दिलाउने प्रयास गर्नेछन् । आजको सुनुवाईमा शाहरुखका छोरा आर्यानलाई जमानत मिल्छ या मिल्दैन ? यसबारे निर्णय आइसकेको छैन ।
ड्रग्स केसमा ४ अक्टोबरमा भएको सुनुवाईमा एनसीबीले अदालतमा आर्यानको फोनमा तस्वीरका रुपमा आपत्तिजनक चीज भेटिएको बताएको थियो । जसकारण थप सोधपुछका लागि एनसीबीले उनलाई ११ अक्टोबरसम्म हिरासतमा राख्न माग गरेका थिए । यद्यपी अदालतले आर्यान र अन्य दुई जनालाई ७ अक्टोबरसम्म एनसीबीको हिरासतमा राख्ने फैसला सुनाएको थियो ।




