एजेन्सी । ड्रग्स केसमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान अझै कम्तीमा तीन दिनसम्म जेलमा बस्नुपर्ने भएकाे छ । सेसन कोर्टमा ११ अक्टोबर हुने सुनुवाई अब १३ अक्टोबरमा हुने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यो विषयमा एनसीबीले कागजातको काम बाँकी नै भएको भन्दै बुधबारसम्म जवाफ दिनका लागि समय माग गरेको छ । एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ दर्ता गरेको छ । आर्यन यतिबेला आर्थर रोड जेलमा बन्द छन् ।
यसअघि ८ अक्टोबरमा मुम्बईको मजिस्ट्रेट कोर्टले आर्यन खानको जमानत याचिका खारेज गरिदिएको थियो । मजिस्ट्रेट आर एम नेरलिकारले आर्यनका वकिल र एनसीबीबीच लामो बहसपछि निर्णय सुनाएको थियो ।
ड्रग्सको यो केसमा एनसीबीले थप २० जनालाई पक्राउ गरेको छ जसमा दुई विदेशी नागरिक पनि समावेश छन् । शनिबार ९ अक्टोबरमा एनसीबीले शाहरुख खानका ड्राइभरलाई पनि सोधपुछका लागि बोलाएको थियो । जानकारीका अनुसार ती ड्राइभरले आर्यन र अरबाज मर्चेन्टलाई क्रुज टर्मिनलमा छोडेको स्वीकार गरेका थिए ।
स्रोतबाट प्राप्त जानकारीमा अबको दिनमा शाहरुख खानका ड्राइभरको बयान एनसीबीले अदालतमा प्रयोग गर्ने बताइएको छ । एनसीबीले आर्यन खानको जमानतका लागि प्रस्तुत गरिने सम्पूर्ण प्रमाणमाथि विरोध गर्नेछ ।
आर्यानसहित पक्राउ परेका सबैजना कैदी जसरी नै बस्नेछन्, कसैलाई विशेष सुविधा छैन । एनसीबीको कस्टडीमा अहिलेसम्म आर्यानसहित सबै आरोपीहरुलाई उनीहरुको आवश्यकता अनुसार सामानहरु दिइएको थियो । तर जेल गएपछि आर्यनलाई कुनै विशेष ट्रिटमेन्ट मिल्ने छैन ।
उनलाई घरके खानाको अवश्यकता पर्छ भने अदालतको स्वीकृति लिनुपर्नेछ । जेलमा बस्नेले जेलकै नियम पालना गर्नुपर्ने छ । जेलमा बिहान ६ बजे उठ्नुपर्छ । ७ बजे नास्ता मिल्नेछ । नास्तामा केवल हलुवा र पुलाऊ मिल्छ । ११ बजे खाना दिइन्छ ।
दिन र रातको खानामा रोटी, तरकारी र दाल, भात मिल्छ । आर्यान सहित कसैलाई पनि जेलभित्र घुम्ने सुविधा हुँदैन, किनकी उनीहरु क्वारेन्टाइनमा रहने छन् । साँझ ६ बजे रातको खाना दिइन्छ । कसैलाई भने ८ बजे दिइन्छ ।




