एजेन्सी । शाहरुख खानका छोरा आर्यान खानले ड्रग्स केसमा आज पनि राहत पाएनन् । जज वीवी पाटिलले आफ्नो फैसला सुरक्षित राखिसकेका छन् । यस केसको अर्को सुनुवाई २० अक्टोबरमा हुनेछ । यसै दिन आर्यानको जमानतबारे फैसला सुनाइने छ । जज वीवी पाटिलले २० अक्टोबरका दिन आफू व्यस्त रहने बताएका छन् । यद्यपी उनले त्यस दिन समय मिलाउने प्रयास भने गर्नेछन् ।
आर्यान खानका वकिले भने, ‘आजभोलिका बच्चाहरुको भाषा हाम्रो भन्दा निकै फरक छ । उनीहरुको कुराकानी एजेन्सीलाई शंकास्पद लाग्न सक्छ । के तपाईँलाई आर्यान अन्तर्राष्ट्रिय लागूपदार्थ बेचबिखनमा संलग्न छन् जस्तो लाग्छ ? एजेन्सी भन्छ कि हामी MEA सम्पर्कमा छौँ, तपाईँ आफ्नो अनुसन्धान गर्नुहोस् । तर यी आरोपहरु बिल्कुल झूटा र निराधार छन् ।’
उनी थप्छन्, ‘ड्रग्स रेव पार्टीसँग जोडिएको कुनै म्यासेज र च्याट छैन । आर्यान खान लामो समयसम्म विदेशमै थिए । ती देशमा केही चीजहरु वैध हुन्छन् । षड्यन्त्र र अटकलको सम्भावनाले मलाई यस मामिलामा पछाडि धकेल्न सक्दैन । अपराधको अनुमान धारा ३५ परीक्षणको समय लागू हुन्छ, जमानतको समयमा होइन । कतिपय कुराहरु दोस्रो चरणको अनुसन्धानमा देखाइन्छ । मैले कसैलाई दोषमुक्त गर्न भनेको छैन, जमानतका लागि भनेको हुँ ।’




