एजेन्सी । सिद्धार्थ शुक्लाको अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ । सिद्धार्थ र शहनाजको अभिनय रहेको गीत ‘ह्याबिट’ आज (बुधबार) सारेगम म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सिद्धार्थले आफ्नो निधनअघि नै सो गीतको आधा सुटिङ गरिसकेका थिए । सुटिङ पुरा नहुँदै उनको निधन भयो । सिद्धार्थको निधनपछि शहनाजले उक्त भिडियो पुरा गरिन् । गीतमा सिद्धार्थ र शहनाजको जति भाग एकसाथ देखिएको छ, त्यसमा उनीहरुको मित्रता देख्न सकिन्छ । गीतमा शहनाजको फुटेज पछि जोडिएको हो, जसमा उनको पीडा छल्किएको देख्न सकिन्छ ।




