काठमाडाैं । झण्डैँ एक महिना अघिदेखि कला वृत्तमा अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको गसिप चलिरहेको छ । समिक्षासँग आफ्नो अफेयर चलेको कुरा मिडियामा सार्वजनिक भएपछि पल यतिबेला चिन्तित छन् । फेसबुक लाइभमा आएर उनले यो सबै हल्ला भएको, समिक्षासँग अफेयर नभएको दाबी गरेका छन् । साथै उनले यस्तो खबरले आफूलाई चित्त दुखेको समेत बताएका छन् ।
लाइभमा उनले भनेका छन्, ‘यो खबर सार्वजनिक हुँदा म छाँगाबाट खसेजस्तै भएको थिएँ । चित्त दुखेको छ । हामीबीच केही पनि भएको छैन । यति हो कि, हामी सँगै हिँड्छौँ, हाँस्छौँ, बोल्छौँ मात्रै । त्यो भन्दा बाहेक केही छैन । दर्शकहरुलाई भन्न चाहन्छु – मैले केही गल्ती गरेको छैन । गल्ती नगरेपछि डराउने कुरा पनि भएन । तपाईँहरु साथमा हुनुहुन्छ, धेरै खुशी छु म । सपोर्टका लागि धन्यवाद ।’
उनले आफूलाई फसाउनका लागि मानिसहरु लागि परेको पनि बताए । उनले भने, ‘मलाई फसाउन हात धोएर लागिरहेका छन् । पल धेरै उम्लियो, त्यसलाई जिरो बनाइदिऊँ भनेको सुनेको छु । देशबाटै हटाइदिऊँ भन्नेहरु पनि छन् रे । मलाई केही छैन, तपाईँ दर्शकहरु हुनुहुन्छ साथमा । एक्लै आएको हो म, एक्लै नै लड्छु । संघर्ष गर्न अझै धेरै बाँकी छ । म डराएको छैन । रे को पछि नलागिदिनु होला ।’




