एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्तत: गत शनिवार आफ्नो घर पुगेका छन् । त्यही क्रममा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा केही परिवर्तन गरेका छन् ।
आर्यन खानले सबैभन्दा पहिला आफ्नो पीपी डिस्प्ले पिक्चर परिवर्तन गरेका छन् । आर्यनको डिपी भखर्रै मात्र परिवर्तन भएको हो । डिपीबाट उनको फोटो हटेको छ भने एउटा ह्वाइट ब्याकग्राउन्ड मात्र देखिएको छ ।
आर्यनको पोस्टमा पुराना कमेन्ट देखिएको छैनन् । उनले पुराना कमेन्टहरु पनि डिलिट गरेको हुन सक्छ । आर्यनको फोटोमा मानिसहरुले कमेन्ट गरिरहेका छन् । कसैले उनलाई ट्रोल गरिरहेका छन् भने कसैले सपोर्ट गरेका छन् ।




