एजेन्सी । साउथकी टप अभिनेत्रीको सुचीमा परेकी सामन्था रुथ प्रभुले नागा चैतन्यसँग डिभोर्सको घोषणा गरेर धेरै फ्यानको मन तोडिन्, अहिले एक महिना भइसकेको छ र दुबै सेलिब्रेटी जोडी आ-आफ्नो संसारमा व्यस्त छन् । उनीहरुको विछोडको पीडा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
नागाबाट अलग भएपछि सामन्थाले प्रायः आफ्नो सामाजिक खातामा केहि पाेष्टहरू सेयर गरेकि छिन्, जसले उनको व्यक्तिगत जीवनमा कतै चलिरहेको भावनालाई संकेत गर्छ । सामन्थाको पछिल्लो पोस्टले उनको अवस्थाको बारेमा पनि बताउँछ ।
सामन्थाले यस पोस्टमार्फत बलियो भएको कुरा गरेकी छिन् । सामन्थाले सेयर गरेको नोटमा उनी भन्न चाहन्छिन्, ‘म बलियो छु, म परफेक्ट छैन । म कहिल्यै हार मान्दिन, म मायालु छु, म दृढ छु, म क्रोधित छु, म मानव हुँ र म योद्धा हुँ । मेरी आमाले पनि त्यही भन्नुहुन्छ ।’
हालैसालै सामन्थाले विवाहको बारेमा एक अर्काे पोस्ट पनि सेयर गरेकी थिइन् । साे स्टाटसमा लेखिएको थियो, छोरीलाई यति सक्षम बनाउनुहोस् कि काेसँग बिहे गर्ने भन्ने चिन्ता नपरोस् । उनको विवाहको लागि पैसा बचत गर्नुको सट्टा, उनको शिक्षामा खर्च गर्नुहोस् । उनलाई आफैंलाई माया र आत्मविश्वास गर्न सक्ने बनाउनुहोस्, आत्मरक्षाको लागि कुनैबेला आवश्यकता पर्यो भने मार्न पनि सकोस् ।
नागा चैतन्य र सामन्थाले २०१७ मा गोवाको रिसोर्टमा भव्य विवाह गरेका थिए । चार वर्षकाे विवाह अक्टोबरमा टुङ्गिएको थियो ।




