एजेन्सी । बलिउड अभिनेता राजकुमार राव र पत्रलेखा बिवाह बन्धनमा बाँधिने भएका छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार यी तीन दिन पछि अर्थात् नाेभेम्बर १३ मा बिवाह बन्धनमा बाँधिन लागेका हुन् ।
दुई विवाह बन्धनमा बाधिँदैछन् । खबरका अनुसार राजकुमार र पत्रलेखाले विवाहमा यी दुईले थोरै मात्र पाहुना बोलाएका छन् । फिल्मी क्षेत्रका निकै कम व्यक्तिमात्रै पाहुनाको रुपमा उपस्थित हुनेछन् । राजकुमार र पत्रलेखाले भने अहिलेसम्म आफ्नो विवाहबारे कुनै जानकारी दिएका छैनन् ।
राजकुमार राव र पत्रलेखा सन् २०१० देखि डेटिङ गरिरहेका छन् । उनीहरु केही समयदेखि सँगै बसिरहेका पनि छन् । ह्यूमन्स अफ बम्बेसँग कुराकानीमा पत्रलेखाले उनले राजकुमारलाई फिल्म लभ सेक्स और धोखामा पहिलो पटक स्क्रिनमा देखेको बताइन् । यो फिल्म सन् २०१० मा रिलिज भएको थियो । फिल्ममा राजकुमार रावलाई देखेर पत्रलेखालाई उनी वास्तविक जीवनमा पनि यस्तै अचम्मका होलान् भन्ने लागेको थियो । तर राजकुमार बारे पत्रलेखाको धारणा केही दिनमा नै गलत साबित भयो ।
यी दुईबीच क्रमशः दोस्ती सुरु भयो र दोस्ती प्रेममा परिणत भयो । यी दुई सँगै घुम्ने, लामो यात्रामा जाने, फिल्म हेर्न जान थाले । यी दुई एक–अर्काको अडिसनमा पनि जान थाले । राजकुमार र पत्रलेखाले हंसल मेहताको फिल्म सिटिलाइट्समा सँगै काम गरेका छन् ।




