एजेन्सी । फिल्म ‘हिना’ को सुटिङको समय थियो । फिल्मका निर्देशक राज कपूर साहब दादासाहेब फाल्के अवार्ड लिन जाँदै थिए, जहाँ उनको दमको अट्याकका कारण निधन भएको थियो ।
सन् १९८८ मा रिलिज भएको फिल्म ‘हिना’ राज कपूरका छोरा रणधीर कपूरले पूरा गरेका थिए ।

सन् १९९३ मा रिलिज भएको ‘प्रोफेसर की पडोसन’ का मुख्य अभिनेता सञ्जीव कुमारको सन् १९८५ मा यो फिल्मको सुटिङका क्रममा निधन भएको थियो । फिल्मको ७५ प्रतिशत सुटिङ सञ्जीव कुमारसँग भएको हुनाले उनको मृत्युपछि पटकथा परिवर्तन गरिएको थियो ।
निर्माता र निर्देशकको रूपमा विनोद मेहराको एक मात्र फिल्म ‘गुरुदेव’ उनको मृत्युको तीन वर्षपछि सन् १९९३ मा रिलिज भएको थियो ।यो फिल्म पूरा नगरी विनोदको निधन भएको थियो । त्यसपछि राज सिप्पीले यो फिल्मको निर्देशन पूरा गरे ।

सन् १९९४ मा रिलिज भएको फिल्म ‘लाडला’ मा श्रीदेवीभन्दा पहिले दिव्या भारती मुख्य भूमिकामा थिइन् । सन् १९९३ मा दिव्याको मृत्यु हुनुअघि उनले फिल्मको ठूलो भाग शूट गरेकी थिइन् । उनको मृत्युपछि श्रीदेवीसँग फेरि सुटिङ गरिएको थियो । ‘लाडला’ को शितल बनेको दिव्याको फुटेज पनि इन्टरनेटमा उपलब्ध छ ।
सन् १९६६ मा आएको फिल्म ‘बहारे फिर भी आएगी’ मा पहिलो अभिनेता धर्मेन्द्रको स्थानमा गुरु दत्त मुख्य भूमिकामा थिए । उनी यस फिल्मका निर्माता पनि थिए । सन् १९६४ मा उनको निधनपछि धर्मेन्द्रले उनको चरित्र बदले ।

त्यस्तै १९९६ मा आएको फिल्म ‘आतंक’ मा अमजद खानको आवाज डब गरिएको थियो । उनको १९९२ मा मृत्यु भयो ।
हिन्दी फिल्म उद्योगका पहिलो सुपरस्टार राजेश खन्नाको निधन भएको दुई वर्षपछि सन् २०१२ मा उनको फिल्म ‘रियासत’ रिलिज भएको थियो । धेरै ठाउँमा उनको प्रस्तुति र संवाद दोहोर्याएर फिल्म कुनै न कुनै रूपमा पूरा भयो ।




