एजेन्सी । पछिल्लो समय ‘स्टार कपल’ विक्की कौशल र कटरिना कैफको विवाहको चर्चाले बलिउड तातेको छ । भारतीय सञ्चार माध्यमका अनुसार विक्की र कटरिनाले धुमाधामसँग विवाहको तयारी गरिरहेका छन् ।
डिसेम्बरमा विवाह गर्न लागेको यो जोडीले राजस्थानको एक प्यालेस बुक गरेको जनाइएको छ । विवाहको तयारीमा व्यस्त विक्की र कटरिनाले अहिले कामबाट ब्रेक लिएका छन् । यद्यपी यी दुवैले बिवाहबारे आधिकारिक रुपमा जानकारी दिएका छैनन् ।

यसैबीच बलिउड सुपस्टार सलमान खानले पनि विक्की र कटरिनाको विवाहलाई मध्यनजर गर्दै आफ्नो आगामी चलचित्र ‘टाइगर ३’को छायांकन स्थगित गरेका छन् । उक्त चलचित्रमा कटरिनाले सलमानको अपोजिटमा अभिनय गर्दैछिन् । सलमानले ‘टाइगर ३’को छायांकन जनवरीका लागि ‘रि-सेड्युल’ गरेका छन् ।




