काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण रोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन मिति तय गरिएको छ । माघ १९ गतेदेखि प्रदर्शनमा ल्याउने निर्णय भएको चलचित्रका निर्माता तथा निर्देशक सुदर्शन थापाले जानकारी दिए ।
सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिलमको निर्माता सुदर्शन थापा र पुजा शर्मा रहेका छन् । चलचित्रकाे सहायक निर्मातामा जन्मजय साम्पाङ राई, सिनेमाटोग्राफरमा सौरभ लामा, सम्पादनमा बनिश शाह र मिलन श्रेष्ठ, संगीतमा अर्जुन पोखरेल र कोरियोग्राफर रामजी लामिछानेको रहेको छ ।
प्रेमकथामा आधारित चलचित्रमा पल शाह र पुजा शर्मासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गनेश गिरी, सोनिका रोकाया लगायतका कलाकारकाे मुख्य अभिनय रहेको छ । फिल्ममा पल शाह एक संघर्षशील गायकको भुमिकामा देखा परेका छन् ।





