एजेन्सी । संस्कारी बुहारीको भूमिकाबाट करोडौंको मनमा राज गरिसकेकी धेरै टिभी अभिनेत्रीहरु अब वास्तविक जीवनमा पनि बुहारी बन्न तयार छन् । बलिउडमा एकातिर जहाँ राजकुमार राव–पत्रलेखा र कट्रिना कैफ–विक्की कौशलको विवाहको चर्चा चर्किरहेको छ, अर्कोतिर टिभी उद्योगका कयौं सुन्दरीले चाँडै विवाह गर्ने खबर पनि आएको छ ।
टेलिभिजन अभिनेत्री श्रद्धा आर्यदेखि अंकिता लोखंडेसम्मका धेरै चर्चित अभिनेत्री चाँडै नै विवाह बन्धनमा बाँधिने भएका छन् । आउनुहोस् जानौं केही यस्ता अभिनेत्रीहरूका बारेमा जो छिट्टै विवाह बन्धनमा बाँधिन सक्छन् ।
श्रद्धा आर्य : चर्चित टिभी शो कुण्डली भाग्य फेम अभिनेत्री श्रद्धा आर्यको फ्यान फलोइङ निकै ठूलो छ । फ्यानहरूको मनमा राज गर्ने श्रद्धा नोभेम्बर १६ मा दिल्लीकाे नौसेनामा बस्ने एक व्यक्तिसँग बिवाह गर्ने खबर छ । यसअघि श्रद्धा आर्य आलम सिंह मक्करसँग डेट गरिरहेकी थिइन् । उनीसँगै नच बलिए ९ मा पनि सहभागी भएकि थिइन् । तर शोपछि दुवैको ब्रेकअप भयो ।
मौनी रोय : टिभीकी चर्चित अभिनेत्री मौनी रोयको विवाहलाई लिएर मनोरञ्जन क्षेत्रमा निकै चर्चा चलेको छ । रिपोर्टकाे विश्वास गर्ने हो भने, मौनीले जनवरी २०२२ मा आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्ने सम्भावना छ ।
देवोलिना भट्टाचार्य : फ्यानहरु देवोलिनाको बिहेको प्रतिक्षामा छन् । बिग बोस १४ मा देवोलिनाले आफू रिलेशनशिपमा रहेको कुरा स्वीकार गरेकी थिइन् । देवोलिनाले हालै खुलासा गरेकी छिन् कि उनी सन् २०२२ मा विवाह गर्ने सोचमा छिन् ।
पूनम प्रीत : टिभी अभिनेत्री पूनम प्रीतले २६ नोभेम्बरमा कुण्डली भाग्य फेम अभिनेता सञ्जय गगनानीसँग विवाह गर्ने भएकी छिन् । सञ्जय र पूनमले १८ फेब्रुअरी २०१८ मा एक अर्कासँग इन्गेजमेन्ट गरेका थिए ।




