एजेन्सी । पछिल्लो समय विक्की कौशल र कट्रिना कैफको जोडी चर्चामा छ । दुवै छिट्टै विवाह बन्धनमा बाँधिने विश्वास गरिएको छ । विक्की र कट्रिनासँगै हरलिन सेठीको नाम पनि चर्चामा छ । हरलिन सेठी विक्की कौशलकी पूर्व प्रेमिका हुन् । विक्की र हरलिनले लामो समय एकअर्कालाई डेट गरे तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । त्यसपछि दुवै छुट्टिए ।
ब्रेकअप पछि विक्की र हरलिन दुबैले आ-आफ्नो जीवनमा धेरै प्रगति गरेका छन् । पूर्व प्रेमी र कट्रिनाको विवाहलाई लिएर हरलिनको प्रतिक्रिया पनि सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार हरलिन सेठी विक्की र कट्रिनाको विवाहको खबरबाट कत्ति पनि चिन्तित छैनन्। एक अन्तर्वार्तामा हरलिनकी साथी भन्छिन्, ‘हरलिन आफ्नो जीवनमा अगाडि बढेकी छिन् र अहिले आफूलाई काममा व्यस्त राख्छिन् । उनी अहिले आफ्नो जीवनमा साँचो अर्थमा अगाडि बढेकी छिन् । आजकल उनको सबै ध्यान काममा छ ।’
हरलिन छिट्टै एकता कपूरको फिल्म ‘द टेस्ट केस २’ मा देखिने छिन्, जसलाई लिएर उनी निकै उत्साहित छिन् । यसको दोस्रो भागको कथा हरलिनमा नै केन्द्रित छ । यति मात्र होइन, केही समयअघि उनले फिल्मको गीतको छायांकन पनि पूरा गरिसकेका छन् । यससँगै हरलिनले वेबसिरिज साइन गर्ने तयारी पनि गरिरहेकी छिन् ।
बलिउड लाइफको रिपोर्ट अनुसार विक्की र कट्रिनाले विवाहका लागि ‘राजस्थान’ रोजेका छन् । कट्रिना आफ्नो बिहे महारानी शैलीमा होस् भन्ने चाहन्छिन् । केही वर्षअघि कट्रिनाले राजस्थानी विवाहमा भाग लिएकी थिइन्, त्यसपछि त्यहाँको भव्यता र सौन्दर्य उनको दिमागमा बस्यो । किनकी उनीहरुले बिहे गर्दा राजस्थानी शैलीमा हुनेछ भन्ने सोचेका थिए ।




