काठमाडाैं । सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको नोभेम्बर १२ मा जन्मदिन छ । आर्यन खान २४ वर्षका भइसकेका छन् । विगतमा क्रुज शिप ड्रग्स मुद्दामा फसेका आर्यन खानले भोग्नुपरेको पीडालाई ध्यानमा राख्दै आर्यन खानको २४ औँ जन्मदिन भव्य नहुने देखिन्छ ।
पहिले उनकाे जन्मदिनमा भव्य उत्सव हुन्थ्याे । चहलपहल हुन्थ्याे । यसपटक भव्य पार्टी हुने सम्भावना न्यून छ । इन्डिया टुडेले एक स्रोतलाई उद्धृत गर्दै आर्यन खानको २४औँ जन्मदिनको सेलिब्रेशन शान्त र सरल हुने बताएको छ । सेलिब्रेशनमा आर्यन खानको परिवारका सदस्य र उनकी बहिनी सुहाना अमेरिकाबाट फेसटाइम मार्फत सामेल हुनेछिन् ।
आर्यन खानलाई आवश्यकता अनुसार स्पेस र प्राइभेसी दिइएको स्रोतले खुलासा गरेको छ । उनीहरू अझ राम्रो गर्दैछन् । आर्यन खान विस्तारै आफ्नो सामान्य दिनचर्यामा फर्किरहेका छन् । उनको परिवारले सधैं उनको जन्मदिन विशेष बनाएको छ । यसअघिका जन्मदिनमा शाहरुखले आर्यनलाई विदेशमा बिदा मनाउन पठाए, मनपर्ने उपहार दिए, विश्वविद्यालयका साथीहरूले सरप्राइज पार्टी दिए । तर यो वर्ष यी सबै हुने छैनन् । परिवारले मन्नत अर्थात् आफ्नो बंगलाकाे चार पर्खालभित्र सामान्य रूपमा मनाउने छन् ।
एनसीबीको निर्देशिका अनुसार आर्यन खानले हरेक शुक्रबार एनसीबीको कार्यालयमा उपस्थित हुनुपर्नेछ । यस वर्ष शाहरुख खानले आर्यन खानको जन्मदिन अलिबागमा नमनाउनुको एउटा महत्त्वपूर्ण कारण यो पनि रहेको स्रोतले खुलासा गरेको छ ।
अलिबाग जाँदा आर्यन फाेटाेग्राफरकाे सामना गरेकाे उनीहरू हेर्न चाहँदैन थिए । जेलको आघातभन्दा पनि आर्यन खान अदालत बाहिरको दृश्य देखेर मानसिक रूपमा विचलित भएका छन् । जसरी फाेटाेग्राफरले उनको नाम चिच्याएर खेद्ने गर्थे, त्यसले आर्यनको दिमागमा असर परेकाे छ । आर्यनलाई सार्वजनिक रुपमा सबैको अगाडि आउन धेरै समय लाग्न सक्छ !




