एजेन्सी । बलिउडका नयाँ ‘लभबर्ड्स’ कट्रिना कैफ र ह्याण्डसम हङ्क विक्की कौशलले डिसेम्बरमा विवाह गर्ने चर्चा छ । उनीहरूकाे विवाह राजस्थानमा तय गरिएको छ । कट्रिनालाई आफ्नो क्रस भन्दै आएका विक्कीले एक दिन अभिनेत्रीलाई आफ्नो दुलही बनाउनेछन् भन्ने कसले सोचेका थिए हाेलान् र ? उनी स्वयमले पनि यसबारे कल्पना गरेका थिएनन् हाेला, जुन पुरा हुन गइरहेकाे छ ।
कट्रिना र विक्कीले आफ्नो सम्बन्धलाई अफिसियल भने गरेका छैनन् । तर भनिन्छ नि, माया लुकाउन सकिँदैन । दुबैको प्रेम कथा फिल्मी भन्दा कम छैन । विक्की कौशलको बयानपछि दुवैको प्रेम कहानी सुरु भएको हो, जब अभिनेताले कट्रिना कैफलाई क्रस भन्ने गरेको खुलासा गरे। यसपछि कफी विथ करणमा कट्रिना कैफले पहिलो पटक विक्कीको बारेमा कुरा गरिन् ।

कट्रिनाले करण जोहरको शोमा विक्की कौशलसँग काम गर्न चाहेको बताएकी थिइन् । कट्रिना कैफको यो कमेन्टले विक्कीलाई खुसी बनाएको छ । जब निर्देशकले विक्कीलाई करण जोहरको शोमा कट्रिना कैफको टिप्पणीको बारेमा भने, तब अभिनेताले बेहोस भएको नाटक गरे । समाचारका अनुसार विक्की र कट्रिनाको म्याचमेकर करण जोहर बनेका छन् ।
यसैबीच फाेटाेग्राफरले विक्की कौशललाई धेरै पटक कट्रिनाकाे घरमा गएको देखेका थिए । दुबैको प्रेमकथाको सबैभन्दा ठूलो संकेत जनवरी २०१९ मा भेटिएको थियो । जब कट्रिना कैफ विक्की कौशलको फिल्म उरीको स्क्रिनिङमा पुगिन् । सोही वर्ष दीपावली पार्टीका लागि दुवै जना आफ्ना साझा साथीको घर पुगेका थिए । दुबैको एक साथको तस्विर भाइरल भएको थियो । उनीहरू धेरै पटक डिनर पार्टीहरूमा सँगै देखिएका थिए ।

गत वर्ष २०२० मा दुवैले इशा अम्बानीको होली पार्टीमा सँगै उत्सव मनाएका थिए । दुवैले निक जोनस र प्रियंका चोपडासँग पनि डान्स गरेका थिए । विक्की कौशलले एक अवार्ड शोमा कट्रिना कैफलाई पनि प्रस्ताव गरेका थिए । कट्रिना र विक्की स्टेजमा उपस्थित थिए । त्यसपछि विक्कीले भने- ‘के तिमी मसँग बिहे गर्छौ ?’
विक्की र कट्रिना यहि वर्ष गोप्य ट्रिपमा गएका थिए । दुबैले नयाँ वर्ष सँगै मनाए । कट्रिनाले एक व्यक्तिलाई अँगालो हालेको तस्बिर सेयर गरेकी थिइन् । ती व्यक्तिको अनुहार देखाइएको छैन । फ्यानहरूले उनी विक्की कौशल हुन सक्ने अनुमान गरेका थिए ।




