एजेन्सी । अनुष्का शर्माले यसै वर्ष जनवरीमा छोरी वामिकालाई जन्म दिएकी थिइन् । समाजको सौन्दर्य मापदण्डबारे आफ्नो धारणा राख्दै समाजले गर्भावस्था अघिसम्म मात्रै महिलालाई सुन्दर मान्ने कारण अनुष्का तनावमा थिइन् । उनलाई डर लाग्थ्यो, डेलिभरीपछि कतै आफ्नै शरीरप्रति घृणा नजागोस् ।
अन्तर्वार्ताका क्रममा अनुष्काले अहिले भने आफू आफ्नो स्किनप्रति सहज महसुस गर्ने बताइन् । अहिले उनको शरीरमा पहिलेको जस्तो टोन छैन । उनले विराटसँगको कुराकानीको बारेमा पनि बताएकी छिन्, कसरी उनले विराटलाई आफ्ना पुराना तस्विरहरू देखाउने गर्थिन् ।
ग्राजिया म्यागजिनसँगको कुराकानीका क्रममा अनुष्काले भनिन्, ‘एक साताअघि मैले एक साथीलाई भनिरहेकी थिएँ कि यी सबै कारणले गर्दा म धेरै दबाबमा रहन्थेँ, आमा बनेपछि महिलालाई हेर्ने दृष्टिकोण कसरी फरक हुन्छ भनेर । आफ्नो शरीरलाई घृणा गर्न थाल्नु नपरोस् भनेर म धेरै दु:खी हुन्थेँ ।’
अनुष्काले थप भनिन्, ‘मेरो शरीर पहिलेको जस्तो छैन । फिट रहन मन पर्ने भएकाले काम गरिरहेको छु । म आफ्नो स्किनमा पहिले भन्दा ज्यादा कम्फर्टेबल सहज गर्छु। जबकी त्यो बेला मेरो शरीर एकदम राम्रो थियो । मैले बुझेँ कि यो केवल दिमाग भ्रम मात्रै हाे, जसको तपाईंको बाहिरी शरीरसँग कुनै सम्बन्ध छैन ।’
उनले विराटलाई आफ्नो केही पुराना तस्बिरहरू देखाएर आफू कति राम्रो देखिन्थें भन्ने गरेकाे पनि सम्झिइन् । अनुष्काले अहिले आफ्नो पुराना तस्विर हेर्न छाडेको बताइन् । उनी चाहन्छिन् – ‘वामिका हुर्किउन् र हामीले जस्ताे आफूलाई कमजोर महसुस नगरून् ।’




